३१ जेठ, काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित काठमाडौं उपत्यकाका तीनवटा जिल्लालाई एक बर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट क्षतिग्रस्त काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
भूकम्पले क्षति पुर्याएका र भत्काउनै पर्ने भवनहरु भत्काउनका लागि त्यससम्वन्धी कार्यविधिसमेत बैठकले स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
यस्तै सरकारले पुनर्निर्माण कोषमा रकम जुटाउनका लागि एनआरएन अध्यक्ष शेष घेललाई विशेष दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै पर्यटनमन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रबर्द्धन समिति गठन गरिएको छ ।
मन्त्रिपरिषद बैठकले रानीबारी हत्याकाण्ड छानविनमा संलग्न प्रहरी अधिकारीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
लेखा नियन्त्रकमा नेपाल, सेनामा पदावधि थपियो
मन्त्रिपरिषद बैठकले कायम मुकायम महालेखा नियन्त्रकमा राजेन्द्र नेपाल र नेपाल ट्रष्टको कार्यालयको कायम मुकायम सचिवमा केदारबहादुर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै रक्षा मन्त्रालयअन्तर्गत केही सहायक रथी र महासेनानीहरुको पदावधि थप्ने निर्णय गरेको छ ।