चीनले ८ वटा हेलिकोप्टर दिन्छु भन्दा सरकारले चाहिँदैन भन्यो !! गाउँमा राहत लैजान एनआरएनले हेलीकोप्टर पाएन !! - Nepal Travel Book

Sunday, May 3, 2015

चीनले ८ वटा हेलिकोप्टर दिन्छु भन्दा सरकारले चाहिँदैन भन्यो !! गाउँमा राहत लैजान एनआरएनले हेलीकोप्टर पाएन !!

चीनले ८ वटा हेलिकोप्टर दिन्छु भन्दा सरकारले चाहिँदैन भन्यो !!
गाउँमा राहत लैजान एनआरएनले हेलीकोप्टर पाएन !!
_____________________________________________

भूकम्प पीडितलाई गाउँगाउँबाट उद्दार गर्न एवं राहत सामाग्री गाउँ गाउँमा पुर्‍याउन हेलिकोप्टरको ठूलो अभाव भइरहेको छ । यसैवीच चीनले ८ वटा ठूला हेलिकोप्टर उद्दारका लागि दिने भनेकोमा नेपाल सरकारले आवश्यक छैन भन्ने जवाफ दिएपछि चिनियाँ अधिकारीहरु असन्तुष्ट बनेका छन् ।


भारतीय हेलिकोप्टर देशका कुना-कुनामा निर्वाध उडिरहे पनि आफूहरुले सहयोग गर्न खोज्दा अनुमति नदिएको भन्दै चिनियाँहरु रुष्ट बनेका हुन् ।
भूकम्पको निहुँमा नेपाल अघोषितरुपमा भारतीयहरुको कब्जामा परेको गुनासो चिनियाँ दूताबासका अधिकारीहरुले गर्न थालेको स्रोतले बतायो ।
चिनियाँ हेलिकोप्टर अस्वीकार गरिए पनि भारतीय हेलिकोप्टर नेपाली आकाशमा निर्वाधरुपमा चलेका छन् । भारतीय हेलिकोप्टर आफ्ना पत्रकार बोक्ने र प्रचारवाजी गर्ने कार्यमा बढी खटिएको गुनासो आउन थालेको छ ।
त्रिभुवन विमानस्थलमा नेपाली पत्रकारलाई पस्न दिइँदैन । तर, भारतीयहरु विमानस्थलभित्रै अड्डा जमाएर बसेका छन् । उनीहरुलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले जस्तोसुकै सम्वेदशनशील ठाउँको पनि फुटेज लिने अनुमति छ, जुन अनुमति आफ्नै देशका सञ्चारमाध्यमलाई पनि छैन ।

भूकम्प पीडितलाई राहत पुर्‍याउन र अलपत्र परेकाहरुलाई उद्दार गर्न हेलिकोप्टरको समस्या परिरहेको छ । गैरआवासीय नेपाली संगठन एनआरएनका पदाधिकारीहरुले गाउँमा कम्मल, चिउरा लगायतका सामाग्री लैजानलाई सरकारसँग हेलिकोप्टर मागेको तीन दिन बितिसक्दा पनि सरकारले उपलब्ध गराउन सकेको छैन ।
अन्य विभिन्न सामाजिक संघ संगठनहरु गाउँमा राहत लैजान तम्तयार भएर बसेका छन्, तर सरकारले भने निजी कम्पनीका हेलिकोप्टरसमेत उठाउने अनुमति नदिई आफैंले होल्ड गरेर राखेको छ ।
नेपाल सरकार आफू पनि गाउँमा राहत पुर्‍याउँदैन र एनआरएन लगायतका संस्थाले भाडा तिरेर हेलिकोप्टरमा राहत लैजान्छु भन्दा पनि नदिई बूढो गोरुले गाई रुँगेजसरी निरीह भएर बसेको गुनासो एनआरएनका प्रतिनिधिले गर्न थालेका छन् ।