हराएको अमेरिकी हेलिकोप्टरको अवस्था रहस्यमा, सेना भन्छ : भेटिएको छैन - Nepal Travel Book

Friday, May 15, 2015

हराएको अमेरिकी हेलिकोप्टरको अवस्था रहस्यमा, सेना भन्छ : भेटिएको छैन

कठमाडौं–मंगलबारको ठुलो पराकम्पनपछि हराएको अमेरिकी सेनाको हेलिकोप्टर फेला नपरेको सेनाले दावी गरेको छ । दोलखाको सिंगटीमा रहेको नेपाल विद्युत प्राविधकरणको सबस्टेशनमा सो हेलिकोप्टर रहेको विद्युत प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले हेलिकोप्टर सकुशल रहेको जानकारी दिए पनि सेनाले विज्ञप्ती जारी गरेर सो हेलिकोप्टर अझै हराइरहेको दावी गरेको हो ।

दोलखाका लागी उडेको १२ सिटे क्षमताको युएच वानवाई होलिकोप्टर मंगलबार साँढे २ वजेबाट हेलिकोप्टर सम्पर्कविहिन भएको थियो । भाटले सो हेलिकोप्टर सवस्टेशनमा रहेको र त्यहाँ रहेका २ जना नेपाली सेनाका अधिकारी र ५ जना अमेरिकी सेना समेत सुरक्षित रहेको नागरिकलाई जानकारी दिएका थिए ।

हेलिकोप्टर हराएलगत्तै लिपिलागं, लामीडाँडा, सुनखानीबाट सेनाले पैदलै खोजी शुरु गरेको, अध्यारोको कारण मंगलबार खोजीको काम स्थगीत गरी बुधवार विहानबाट पुन शुरु गरिए पनि होलिकोप्टरको अवस्था अज्ञात नै रहेको बुधबार बेलुका सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।