रत्नपार्क सडकमा ‘रमिता’,‘नाङ्गो’ व्यक्ति सडक बीचमा बसेपछि २ घण्टा ट्राफिक जाम ! - Nepal Travel Book

Thursday, November 2, 2017

रत्नपार्क सडकमा ‘रमिता’,‘नाङ्गो’ व्यक्ति सडक बीचमा बसेपछि २ घण्टा ट्राफिक जाम !

काठमाडौं । बुधबार मध्यान्न साँढे १२ बजेको थियो । राजधानीको मुख्य भिडभाड हुने क्षेत्र रत्पार्कदेखि भृकुटीमण्डपसम्म व्यापक ट्राफीक जाम भयो । सँधै जसो सवारी चापका कारण ट्राफिक जाम झेलिरहेका राजधानीबासीले बुधबार पनि त्यस्तै सोचे । तर, न त सवारी चाप नै न भिआइपीको सवारी नै । झण्डै २ घण्टासम्म ट्राफिक जाम हुनुमा कारण थियो– एक नग्न मानिस ।
पर्यटन बोर्डको कार्यालय नजिकैको सडक मार्गको बीच भागमा ती व्यक्ती निशंकोच निर्वस्त्र अवस्थामा देखिएपछि सवारी आवागमनमा समस्या भयो । नजिकै रहेको एक ट्राफिकले उनलाई हटाउने कोशिस गरे । तर, सकेनन् । उनले उल्टै ट्राफिक जवानलाई हप्काए । केही बेरमा प्रहरीको एउटा टोली नै आएर उनलाई हटाउने प्रयास गर्दा पनि उनी ‘पलेटी’ कसेर बसिरहे ।
‘उहाँ उठ्न मान्नु हुन्न । हामीले यसअघि पनि उहाँलाई यहाँबाट उठाएका थियौँ । तर, फेरी आएर बस्नु भएछ,’ ति प्रहरीका असइले भने,‘केही बोल्नु हुन्न । मदिरा सेवन गर्नुभएको जस्तो देखिन्छ ।’
प्रहरीले उनलाई झण्डै घण्टाको प्रयासपछि त्यहाँबाट हटाएको थियो । यता यात्रुलाई भने सास्ती भइसकेको थियो । ‘एउटा जड्याहाले समेत २ घण्टा सडक जाम गरिदिने कस्तो देशमा जन्मेछौँ हामी,’ बालाजु जान बस कुर्दै गरेका रामकुमार यादवले भने,‘यति सानो कुरालाई त राज्यले नियन्त्रण गर्नु नी !’
यसरी बीच सडकमा ‘अनसन’ बस्ने व्यक्ती को हुन् भन्नेबारे भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन ।

No comments:

Post a Comment