भारतीय ‘रअ’ प्रमुखलाइ राजेन्द्र महतोको चेतावनी : यस्तै रहे भारत संग बदला लिइन्छ , - Nepal Travel Book

Thursday, November 2, 2017

भारतीय ‘रअ’ प्रमुखलाइ राजेन्द्र महतोको चेतावनी : यस्तै रहे भारत संग बदला लिइन्छ ,

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ ‘रअ’का नेपाल स्टेशसन चिफ विवेक जोहोरीले विमलेन्द्र निधिको क्षेत्रमा दुई नेताबीच हुन लागेको प्रतिस्पर्धाबारे चासो देखाएका छन् ।

देउवाले ‘रअ’का नेपाल प्रमुखलाई राजापा र कांग्रेसबीच भइरहेको सहमतिबारे कुराकानी गरेको स्रोतले जनाएको छ । धनुषा ३ मा राजपा नेपालका नेता राजेन्द्र महतोले उठ्न खोजेपछि ‘रअ’ प्रमुख जोहरीले चासो दिएको जनाइएको छ ।

देउवाले बालुवाटारमा वार्ताका लागि बोलाउँदा महतो नआएको गुनासो गर्दै वार्ताको वातावरण बनाइदिन जोहोरीलाई आग्रह गरेको स्रातले जनाएको छ ।

त्यस लगत्तै भारतीय दूतावासबाट राजपा नेताहरूलाई फोन आउन सुरु भएको थियो । प्रधानमन्त्री देउवाको फोन रिसिभ नगरेका नेता महतोले भारतीय दूतावासबाट आएको फोन उठाएका थिए ।

तर, धनुषा ३ मा सहमति गर्न नसक्ने जवाफ महतोले दिए । दूतावासबाट त्यसपछि राजपाका अन्य नेताहरूलाई फोन गएपछि उनीहरू वार्ताका लागि तयार भएको राजपाका एक नेताले बताए ।

दूतावासको फोनपछि आन्तरिक रुपमा उम्मेदवार छनौट गरिरहेका राजपा नेताहरूलाई वार्तामा बसेर कांग्रेससँग तालमेल गर्न दवाब बढ्यो । त्यो दवाब राजेन्द्र महतोलाई पनि दिइएको थियो । महतोले बालुवाटार बैठक अस्वीकार गरिदिए । उनी बुधबार राति प्रधानमन्त्री निवासै गएनन् ।

स्रोतका अनुसार राजेन्द्र महतोले भारतले भनेको सधै आफूले मानेको तर यसपटकट विमलेन्द्र निधि वा अमरेशकुमार सिंहमध्ये एउटालाई आफूले सिध्याउने बताएका थिए । ‘रअ’ प्रमुख जोहरीसँग महताले यस्तै खिचलोको अवस्था रह्यो भने भारतसँगको सम्बन्ध तोड्ने र बदलाल लिनेसम्मको चेतावनी दिएको स्रोतको भनाइ छ ।

बालुवाटारमा यसअघि बुधबार बिहान राजपा र कांग्रेसबीच बारा ३, ४ र सिराहा १ कांग्रेसले छोड्ने सहमति बनिसकेको थियो । सिराहा १ बाट कांग्रेसका प्रदीप गिरि उम्मेदवार बन्दैछन् ।
- दैनिक नेपाल 

No comments:

Post a Comment