केपी ओलीलाई छाडेर राम कार्कीसँग विश्वप्रकाश भिड्ने,कारण यस्तो छ - Nepal Travel Book

Thursday, November 2, 2017

केपी ओलीलाई छाडेर राम कार्कीसँग विश्वप्रकाश भिड्ने,कारण यस्तो छ

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ । कांग्रेसको बालुवाटारमा जारी संसदीय समितिको बैठकले उनलाई झापा-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उठाउने निर्णय गरेको हो । यसअघि वाम गठबन्धनबाट झापा-१ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ । झापा-५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो ।अनलाइनखबर कांग्रेसले संसदीय समितिको बैठकमा झापा जिल्ला समितिले झापाको क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको छ । # समाचार #

No comments:

Post a Comment