Nepal Travel Book

Thursday, November 2, 2017

नारायणगढ–मुग्लिन सडक धमाधम पिच,ध्यान दियर पड्नु होस्

4:37 PM
नारायणगढ–मुग्लिन सडक धमाधम पिच,ध्यान दियर पड्नु होस्
कार्तिक १६, २०७४-नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले धमाधम पिचको काम सुरु भएको छ । निर्माण सुरु गरिएको ३३.२ किमि सडकमध्ये ९ किलोमिटर पिच भइसकेको छ । सडकलाई तीन खण्डममा विभाजन गरी पिच गर्न थालिएको हो । सडक आयोजनाका अनुसार आँपटारीदेखि भतेरीसम्म ४ किलोमिटर पिच भइसकेको छ । यो खण्डमा पर्ने रामनगरमा भने पिच पछि गरिनेछ । त्यस्तै दासढुंगादेखि १६ किलोसम्म ३ किमि र सीमलतालदेखि रिग्दी खोलासम्म २ किमि पिच भएको छ । दासढुंगादेखि सिमलतालसम्मको खण्डमा पनि धमाधम काम भइरहेको छ । पिचको काम ०७३ चैतबाट सुरु भए पनि वर्षात र पहिरोले गर्दा बीचमा रोकिएको थियो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दसैंअघिबाट पुन: यसको काम सुरु भएको हो । ‘अहिलेसम्म निर्माणको काम ५६ प्रतिशत भएको छ,’ उनले भने,‘ पहिला रोकिएको पिचको काम दसैंअघिबाट सुरु गरिएको हो ।’ # कान्तिपुर बाट #
Read More

रत्नपार्क सडकमा ‘रमिता’,‘नाङ्गो’ व्यक्ति सडक बीचमा बसेपछि २ घण्टा ट्राफिक जाम !

4:35 PM
रत्नपार्क सडकमा ‘रमिता’,‘नाङ्गो’ व्यक्ति सडक बीचमा बसेपछि २ घण्टा ट्राफिक जाम !
काठमाडौं । बुधबार मध्यान्न साँढे १२ बजेको थियो । राजधानीको मुख्य भिडभाड हुने क्षेत्र रत्पार्कदेखि भृकुटीमण्डपसम्म व्यापक ट्राफीक जाम भयो । सँधै जसो सवारी चापका कारण ट्राफिक जाम झेलिरहेका राजधानीबासीले बुधबार पनि त्यस्तै सोचे । तर, न त सवारी चाप नै न भिआइपीको सवारी नै । झण्डै २ घण्टासम्म ट्राफिक जाम हुनुमा कारण थियो– एक नग्न मानिस ।
पर्यटन बोर्डको कार्यालय नजिकैको सडक मार्गको बीच भागमा ती व्यक्ती निशंकोच निर्वस्त्र अवस्थामा देखिएपछि सवारी आवागमनमा समस्या भयो । नजिकै रहेको एक ट्राफिकले उनलाई हटाउने कोशिस गरे । तर, सकेनन् । उनले उल्टै ट्राफिक जवानलाई हप्काए । केही बेरमा प्रहरीको एउटा टोली नै आएर उनलाई हटाउने प्रयास गर्दा पनि उनी ‘पलेटी’ कसेर बसिरहे ।
‘उहाँ उठ्न मान्नु हुन्न । हामीले यसअघि पनि उहाँलाई यहाँबाट उठाएका थियौँ । तर, फेरी आएर बस्नु भएछ,’ ति प्रहरीका असइले भने,‘केही बोल्नु हुन्न । मदिरा सेवन गर्नुभएको जस्तो देखिन्छ ।’
प्रहरीले उनलाई झण्डै घण्टाको प्रयासपछि त्यहाँबाट हटाएको थियो । यता यात्रुलाई भने सास्ती भइसकेको थियो । ‘एउटा जड्याहाले समेत २ घण्टा सडक जाम गरिदिने कस्तो देशमा जन्मेछौँ हामी,’ बालाजु जान बस कुर्दै गरेका रामकुमार यादवले भने,‘यति सानो कुरालाई त राज्यले नियन्त्रण गर्नु नी !’
यसरी बीच सडकमा ‘अनसन’ बस्ने व्यक्ती को हुन् भन्नेबारे भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन ।
Read More

केपी ओलीलाई छाडेर राम कार्कीसँग विश्वप्रकाश भिड्ने,कारण यस्तो छ

4:34 PM
केपी ओलीलाई छाडेर राम कार्कीसँग विश्वप्रकाश भिड्ने,कारण यस्तो छ
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ । कांग्रेसको बालुवाटारमा जारी संसदीय समितिको बैठकले उनलाई झापा-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उठाउने निर्णय गरेको हो । यसअघि वाम गठबन्धनबाट झापा-१ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ । झापा-५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो ।अनलाइनखबर कांग्रेसले संसदीय समितिको बैठकमा झापा जिल्ला समितिले झापाको क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको छ । # समाचार #
Read More

राष्ट्रपति ट्रम्पको घोषणा ; डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने

4:29 PM
राष्ट्रपति ट्रम्पको घोषणा ; डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब यो प्रणाली नै रद्द गरिने बताएका छन् ।
ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
उनले आफ्नो ट्वीटमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डीभी चिट्ठा मुख्य कारण भएको उल्लेख गरेका छन् ।
सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरु सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ ।
अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ । ट्रम्पले डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका हुन् ।
न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् ।
राष्ट्रपति ट्रम्पले डीभी चिट्ठालाई अमेरिकी सिनेटर ‘चक समरको सुन्दरता’सँग तुलना गरेका छन् । चक समर डेमोक्र्याट सिनेटर हुन् । उनी डीभी चिट्ठाको पक्षमा छन् । (एजेन्सी)
Read More

भारतीय ‘रअ’ प्रमुखलाइ राजेन्द्र महतोको चेतावनी : यस्तै रहे भारत संग बदला लिइन्छ ,

4:26 PM
भारतीय ‘रअ’ प्रमुखलाइ राजेन्द्र महतोको चेतावनी : यस्तै रहे भारत संग बदला लिइन्छ ,
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ ‘रअ’का नेपाल स्टेशसन चिफ विवेक जोहोरीले विमलेन्द्र निधिको क्षेत्रमा दुई नेताबीच हुन लागेको प्रतिस्पर्धाबारे चासो देखाएका छन् ।

देउवाले ‘रअ’का नेपाल प्रमुखलाई राजापा र कांग्रेसबीच भइरहेको सहमतिबारे कुराकानी गरेको स्रोतले जनाएको छ । धनुषा ३ मा राजपा नेपालका नेता राजेन्द्र महतोले उठ्न खोजेपछि ‘रअ’ प्रमुख जोहरीले चासो दिएको जनाइएको छ ।

देउवाले बालुवाटारमा वार्ताका लागि बोलाउँदा महतो नआएको गुनासो गर्दै वार्ताको वातावरण बनाइदिन जोहोरीलाई आग्रह गरेको स्रातले जनाएको छ ।

त्यस लगत्तै भारतीय दूतावासबाट राजपा नेताहरूलाई फोन आउन सुरु भएको थियो । प्रधानमन्त्री देउवाको फोन रिसिभ नगरेका नेता महतोले भारतीय दूतावासबाट आएको फोन उठाएका थिए ।

तर, धनुषा ३ मा सहमति गर्न नसक्ने जवाफ महतोले दिए । दूतावासबाट त्यसपछि राजपाका अन्य नेताहरूलाई फोन गएपछि उनीहरू वार्ताका लागि तयार भएको राजपाका एक नेताले बताए ।

दूतावासको फोनपछि आन्तरिक रुपमा उम्मेदवार छनौट गरिरहेका राजपा नेताहरूलाई वार्तामा बसेर कांग्रेससँग तालमेल गर्न दवाब बढ्यो । त्यो दवाब राजेन्द्र महतोलाई पनि दिइएको थियो । महतोले बालुवाटार बैठक अस्वीकार गरिदिए । उनी बुधबार राति प्रधानमन्त्री निवासै गएनन् ।

स्रोतका अनुसार राजेन्द्र महतोले भारतले भनेको सधै आफूले मानेको तर यसपटकट विमलेन्द्र निधि वा अमरेशकुमार सिंहमध्ये एउटालाई आफूले सिध्याउने बताएका थिए । ‘रअ’ प्रमुख जोहरीसँग महताले यस्तै खिचलोको अवस्था रह्यो भने भारतसँगको सम्बन्ध तोड्ने र बदलाल लिनेसम्मको चेतावनी दिएको स्रोतको भनाइ छ ।

बालुवाटारमा यसअघि बुधबार बिहान राजपा र कांग्रेसबीच बारा ३, ४ र सिराहा १ कांग्रेसले छोड्ने सहमति बनिसकेको थियो । सिराहा १ बाट कांग्रेसका प्रदीप गिरि उम्मेदवार बन्दैछन् ।
- दैनिक नेपाल 
Read More

मदन पुरस्कार पछि विजय कुमारको मन्तव्य !!!

3:55 PM
मदन पुरस्कार पछि विजय कुमारको मन्तव्य !!!

Teriya Phounja Magar Invites all on 25 Dec In Calgary

9:30 AM
Teriya Phounja Magar Invites all on 25 Dec In Calgary

Kabhi Yadoon Main Aau, Kabhi Khaboon Aain Aau - Hindi Song By Nicky Karki

9:28 AM
Kabhi Yadoon Main Aau, Kabhi Khaboon Aain Aau - Hindi Song By Nicky Karki