रौतहट सदरमुकाम गौर–९ मा ज्वालामुखी निस्कियो - Nepal Travel Book

Wednesday, May 6, 2015

रौतहट सदरमुकाम गौर–९ मा ज्वालामुखी निस्कियो

गरुडा (रौतहट)- रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ मा धर्तीबाट ज्वालामुखी निस्केको छ ।गौर नपा–९ का अच्छेलाल कुशवाहाको घरनजिक धर्ती फाटेर आगो पानी र बालुवासहितको लेदो निस्केको छ ।

आज विहान करिब ११.२० बजेको समयमा धर्तीबाट आगोको चिगारी निस्केको अवस्थामा छरछिमेकका स्थानीयवासीले उक्त स्थानमा पानी खन्याएका थिए । पानी खन्याएपछि उक्त स्थानमा तातोपना महसुस भइरहेको अच्छेलालले बताए।

सो स्थानमा अहिले हेर्नेको भीड लागेको छ । ज्वालामुखी निस्केको कारण मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस